नेपाल स्काउटले ट्राफिक प्रहरीलाई सहयोग गर्न दैनिक २०० स्वयंसेवक परिचालन

चैत १० काठमाडौं

नेपाल स्काउटले चैत्र १० बाट काठमाडौंको १५ स्थानमा ट्राफिक प्रहरीलाई सहयोग गर्न दैनिक २०० स्वयंसेवक परिचालन गरेको छl

ट्राफिक प्रहरीसंगको सहकार्यमा नेपाल स्काउटले कोटेश्वर,गौशाला,चाबाहिल,महाराजगन्ज,केशरमहल चोक,दरबारमार्ग,पुतलीसडक,शंकरदेव क्याम्पस चोक,सिंहदरबार चोक,थापाथली चोक,त्रिपुरेश्वर चोक,टेकु चोक,कालिमाटी चोक,नयाँबानेश्वर चोक र बानेश्वर पानीट्यान्की चोकमा आजबाट १५ दिनसम्म दैनिक ६ घन्टा स्वयंसेवकको भुमीका निर्वाहा गर्ने भएका हुन् ।

काठमाडौंको विभिन्न स्थानमा १६- २५ वर्ष समुहका रोभर रेन्जरले स्वयंसेवकको भुकिका निर्वाह गर्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए ।

कार्यक्रममा प्रशिक्षण नेपाल प्रहरीका ट्राफिक निरीक्षक दामोदर भट्टराईले स्काउटलाई कसरी बाटोमा खटिने भनेर प्रशिक्षण दिएका थिए ।

स्काउटले पैदल यात्रुलाई समेत जनचेतना जगाउने काम गर्ने बागमती प्रदेशका स्काउटका संयोजक केशरत्न बज्राचार्यले बताए।

Share post:

Recent