दुई महिनापछि खुल्दै हेटौंडा–फर्पिङ सडक

चैत्र ११, २०७७

हेटौंडा — हेटौंडाबाट राजधानी प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग दुई महिनापछि बुधबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी, सिस्नेरी–दक्षिणकाली फर्पिङ सडकको भीमफेदी–कुलेखानी खण्डमा कालोपत्रका लागि गत माघ १० देखि चैत १० गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

सडकखण्डको भीमफेदीदेखि देउरालीसम्मका विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्र गर्न दुई महिना सवारी साधन आवत–जावतमा वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो । मर्मतको काम सकिएकाले बुधबारदेखि नियमित रूपमा यातायात सञ्चालनमा आउने कार्यालयका निर्देशक सहदेव भण्डारीले बताए ।

कालोपत्रको काम अझै सकिएको छैन । सडक फराकिलो बनाउने र ढलान गर्ने काम सकिएको छ । उक्त सडकखण्ड जोखिमयुक्त भएकाले प्रदेश सरकारले नालासहितको फराकिलो बनाइरहेको छ । १८ करोड रुपैयाँ लागतमा भीमफेदीदेखि देउराली भन्ज्याङसम्मको आठ किमि र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम गरिएको निर्देशनालयले जानकारी दिएको छ । भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने काम जारी छ ।

स्रोत : कान्तिपुर

Share post:

Recent