एजेन्सी । भारतमा एउटा यस्तो राज्य छ जहाँ भारतीय नागरिक नै भिसा नलिइ प्रवेश गर्न पाउँदैनन् । भारतीय नागरिकहरुले आफ्नै देशको जमिनमा जान पनि भिसा लिनुपर्ने आवश्यकता छ । भारतीय राज्य नागाल्याण्डमा परमिटविना कोही भारतीयले प्रवेश पाउँदैनन् ।
भारतमा यस्तो नियम छ जहाँ आफ्नै मुलुकको राज्य नागाल्याण्डमा जानका लागि भारतीयले पनि इनर लाइन परमिट लिनुपर्ने हुन्छ । सो राज्यमा जान भारतीयले इनर लाइन परमिट लिनुपर्छ । परमिट बिना भारतीयलाई नै प्रवेश निशेष छ । नागाल्याण्डका स्थानीय निवासीलाई मात्र यहाँ विना अनुमति घुम्ने अधिकार छ ।
आफ्नै मुलुक भित्रका अन्य राज्यका नागरिकले भने इनर लाइन परमिट लिनुपर्छ । इनर लाइन परमिट एक प्रकारको आन्तरिक भिषा हो । यस्तै नियम यस अघि जम्मू कश्मीरमा पनि लागू थियो । तर, भारतीय जनता पार्टीको माउ दल जनसंघका नेता श्यामाप्रसाद मुखर्जीको आन्दोलन पश्चात यो नियम हटेको थियो । अब नागाल्याण्डमा पनि यो ब्यवस्था खारेज गर्नुपर्ने माग उठेको छ । राष्ट्रिय स्तरमा त्यसवारे बहस समेत भइरहेको छ ।
हालै बीजेपी नेता अश्विनी उपाध्याय यो विषयलाई लिएर सुप्रिम कोर्ट पुगेका छन् । लोकसभामा पनि यो विषयले प्रवेश पाएको छ । भारतमा नागाल्याण्डमा मात्र इनर लाइन परमिटको व्यवस्था लागू छ । बंगाल इस्टर्न फ्रंटियर रेग्युलेशन, १८७३ अनुसार यो व्यवस्था गरिएको हो ।
यहाँ संरक्षित र प्रतिबन्धित क्षेत्रमा जान यस्तो इजाजत लिनुपर्छ । नागाल्याण्डलाई यसै क्षेत्र अन्तरर्गत राखिएको छ । भारतमा ब्रिटिश सरकारको समयमा यो इनर लाइन परमिटको व्यवस्था लागू गरिएको थियो । जुनबेला नागाल्याण्डमा विभिन्न बहुमूल्य जडिबुटी तथा औषधिको प्रचुर मात्रा थियो । जुन औषधि बेलायत पठाउने गरिन्थ्यो ।
उक्त औषधिमा अरु कसैको पहुँच नहोस भन्नका लागि बेलायत सरकारले यस्तो व्यवस्था गरेको थियो । तर भारत स्वतन्त्र भएपछि पनि यो ब्यवस्था खारेज गरिएको छैन ।
स्रोत : ताजा खबर