भारतमा देखिएको कोरोनाको ‘डबल म्युटेन्ट’

१२ चैत २०७७

काठमाडौं । भारतमा संकलन गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) को ‘डबल म्युटेन्ट’ प्रकार (भेरियन्ट) पाइएको छ ।

एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । कोरोनाको डबल म्युटेन्ट प्रकार कति संक्रामक छ ? यो संक्रमण रोक्न कोरोना खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

अन्य भाइरसजस्तै कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्कोमा सर्दा केही परिवर्तन हुन्छ । यसरी परिवर्तन हुनुलाई ‘म्युटेसन’ भनिन्छ । म्युटेसन हुँदा भाइरसको स्वरुपमा ठूलो परिवर्तन भने हुँदैन र भाइरसको स्वभाव पनि परिवर्तन हुँदैन । यद्यपि केही म्युटेसनमा भने मानव कोषमा भाइरस प्रवेश गराउन सहयोगी भूमिका खेल्ने प्रोटिन बढ्छ, जसको कारण म्युटेट भएको भाइरस बढी संक्रामक हुन्छ ।

कोरोना भाइरसजस्ता भाइरसविरुद्धको खोपले हाम्रो शरीरमा एन्टिबडीको विकास गरी मानव कोषमा भाइरसलाई पस्न दिँदैन । यस्तोमा कोरोनाको नयाँ प्रकारले भने खोपको प्रभावकारिता कम गर्न सक्छ ।

बुधबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार महाराष्ट्रमा संकलन गरिएको एउटा स्वाबको परीक्षणको क्रममा यसअघि नै आफ्नो स्वरुप परिवर्तन गरिसकेका दुई नयाँ प्रकारको कोरोनाको केही भाग एउटैमा रहेको कोरोना भाइरस फेला परेको हो ।

लुसियाना स्टेट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ जेरेमी कमिल डबल म्युटेन्ट’ स्वाभाविक हो भन्छन् ।

महामारी सुरु हुनुभन्दा पहिला कोरोनाको एउटामात्र प्रकार थियो । अहिले जुनसुकै कुनामा कोरोनाको म्युटेसन भएको नयाँ प्रकार देख्न सकिन्छ । भारतको एक ओपन शेयरिङ डाटाबेसका अनुसार भारतमा दुई किसिमको म्युटेसन देखिएको ४३ केस देखिएको छ । यस्तोमा भाइरस अझै निरन्तर म्युटेट हुँदै जाने कामिलको भनाइ छ ।

Share post:

Recent