अर्थ मन्त्रालयले माग्यो बजेट तथा कार्यक्रमका लागि सर्वसाधारणबाट सुझाव

१३ चैत २०७७,

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा वैशाख ५ गते सम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, कर्मचारी, व्यवसायी, पेशाकर्मी, समाजसेवी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ ।

अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्याबबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालिका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसै छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि मात्र बजेट लेखनको काम शुरु हुनेछ ।

Share post:

Recent