काठमान्डौ : लोकप्रिय गायक सरोज लामिछाने र शिमा भण्डारीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘जिन्दगी के छ र’ बजारमा आइसकेको छ। सरोज लामिछाने अहिलेको समयमा हरेक दर्शक हरुको नजर मा बस्न सफल काठ क्षेत्रका एक बहुचर्चित गायक हुन्। उहाले आवाज दिएको सबैजसो गीतहरु हरेक समय बेला बेलामा धेरै युटुब च्यानल मार्फत हेर्न र सुन्न पाहिन्छ ।
सरोज लामिछानेले लय र शब्दमा सृजना गरेको उक्त गीतमा दोहोरी क्षेत्र देखि टिकटक स्टार सम्मका कलाकरहरु राखिएको भिडियोमा देख्न सकिन्छ । ” जिन्दगी के छ र ” गितमा स्वयम् सरोज लामिछाने र सिमा भण्डारी आफैको शिर्ष भूमिका रहेको गीतमा दिनेश थापा र सम्प्रिया खड्काको पनि दमदार अभिनय रहेको छ भने सीते बा र लक्ष्मी गिरी संगै बाल कलाकार समाईरा थापाको अभिनयमा नैकै नै राम्रो भुमिका रहेको छ।
गीतको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन। जिन्दगिको के छ र ” गीत सरोज लामिछानेकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ। गीतको भिडियो हेर्न र सुन्न तल काे लिंक क्लिक गर्नु होला|