सिसडोल, नुवाकोटका स्थानीयबासीसँग वार्ता नमिल्दा काठमाडौँ उपत्यकाको फोहोर अव्यबस्थित

चैत १९,

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जन गर्दै आएको नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गरिरहेको अवरोध नहटने भएको छ ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गरेको अवरोधलाई कायमै राख्ने भएका हुन् ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो ।

बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विरामी परेको भन्दै बिचमै उठेर हिंडेपछी वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोर मैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।

सिसडोलबासिहरुले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्नगई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, अस्पताल निर्माण गर्ने, सडक विस्तार गरी कालोपत्रे गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन चैत १३ गते देखि पूर्णरुपमा बन्द भईरहेको छ ।

Share post:

Recent