राष्ट्रपति शैक्षिक कार्यक्रममा ४ सय विद्यालय छनोट

२० चैत २०७७,

काठमाडौं । राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि मुलुकभरका ४ हजार दुई सय ५० सामूदायिक विद्यालय छनोटमा परेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

सरकारले पहिलोपटक ५ अर्ब  ६ करोड रुपैयाँ बराबरको कार्यक्रम सहितको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा देशभरका ४ हजार २ सय ५० विद्यालयलाई रकम बाँडफाँड गरिएको छ। आवेदन परेका ६ हजार ९ सय २१ मध्ये छनौटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई १ करोडदेखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराइएको छ। प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले शिक्षामा नयाँ कामको थालनी भएको बताए।

उनले  शैक्षिक क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजनासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। जनताले विश्वास गुमाइसकेका मेलम्ची जस्तो योजनालाई सफल बनाएको उल्लेख गर्दै यस्ता दर्जनौ योजना अघि बढिरहेको उल्लेख गर्दै ओलीले भने, ‘हामीले सुरुङ बनाइसकेका छौँ, विमानस्थल निर्माण गरिसकेका छौँ, नदी  नियन्त्रण गरेका छौँ। यतिमात्र होइन पछिल्लो समयमा नेपालको शिक्षामा ब्यापक सुधारको थालनी गरेका छौँ। ’

Share post:

Recent