माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

२२ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।

Share post:

Recent