सवारीसाधनको लाइसेन्समा नयाँ नियम

२२ चैत,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि लागू हुने गरी चारपांग्रे गाडीको प्रयोगात्मक परीक्षा (ट्रायल) मा साना गल्तीकै कारण फेल नहुने व्यवस्था गरेको छ । कुल १०० पूर्णाङ्कमा विभाजन गरिएको ट्रायलमा ७० अंक ल्याए मात्रै पुग्नेछ।

सवारी चालक अनुमति–पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा अनुमतिपत्रको ‘क’ वर्गका दुईपांग्रे मोटरसाइकल, स्कुटर तथा मोपेड र ‘ख’ वर्गका चारपांग्रे कार, जिप, डेलिभरी भ्यान लगायतमा प्रयोगात्मक परीक्षा अर्थात् ट्रायलमा ७० अंक ल्याएमात्रै पास हुने व्यवस्था गरिएको हो।

चारपांग्रे गाडीको लाइसेन्सको लागि १८ वर्ष उमेर पुगेका व्यक्तिले लिखित तथा प्रयोगात्मक परीक्षामा भाग लिन पाउँछन्।

नयाँ निर्देशिकाले लिखित परीक्षाको लागि ५ सय वस्तुगत बहुउत्तरको प्रश्न संग्रह प्रकाशन गर्ने र सोही संग्रहबाट मात्र सम्बन्धित कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नुपर्ने व्यवस्था गरेको छ। यसअनुसार लिखित परीक्षा ३० मिनेटको हुनेछ। जसमा परीक्षार्थीले ८० अंक ल्याए उत्तीर्ण हुनेछ।

 

Share post:

Recent