कांग्रेसका नेता गच्छदारलाइ प्रहरीले पक्राउ गर्दै

२४ चैत,

कांग्रेसका नेता विजयकुमार गच्छदारलाई बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका भन्दै विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । ३० दिनको हदम्याद जारी गर्दै विशेष अदालतले उनलाई अदालतमा उपस्थित हुन भनेको थियो । यस अगाडी गच्छदारलाई सुरुमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो ।

विशेष अदालतले गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले उनीसहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिमाना तथा कैदको माग गरिएको छ ।

उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् । उनले अब अदालतमा उपस्थित नहुनुको कारण पेस गर्न नसकेमा विशेष अदालतले थुनछेक आदेश जारी गर्न सक्नेछ ।

Share post:

Recent