पुटिनले कार्यकाल लम्ब्याएर सन् २०३६ सम्म सत्ता चलाउने

२४ चैत,

एजेन्सी । हालै रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउन सक्ने कानुनमा हस्ताक्षर गरेका छन् । सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्था गरेका हुन् ।

नयाँ कानुन जारी भएसँगै आफ्नो कार्यकाल सकिएको ६ वर्षसम्म पुटिनले शासन गर्ने बाटो खुल्नेछ । यसरी राष्ट्रपति पुटिनको कार्यकाल ल्म्ब्याउनका लागि रुसले गत वर्ष नै संविधान संशोधन गरेको थियो ।

नयाँ कानुनी व्यवस्था अनुसार ६८ वर्षिय राष्ट्रपति पुटिनले रुसमा ८३ वर्षको उमेरसम्म रुसको नेतृत्व गर्नेछन् । चौथो पटक राष्ट्रपति भएका पुटिनको यो दोस्रो कार्यकाल हो । रुसमा गत वर्ष विपक्षीहरुले पेन्सन सुधारको माग राख्दै आन्दोलनसमेत गरेका थिए । तर राष्ट्रपति पुटिनले सो माग सम्बोधन गर्न कानुन संशोधन भइसकेको बताउँदै आएका छन् ।

Share post:

Recent