२४ चैत,
छ जना नेपाली महिलाको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी इतिहास रच्ने भएको छ।
हालसम्म कुनै पनि नेपाली महिलाले आरोहण गर्न नसकेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण (पहिलो) आरोहणमा यसअघि नै थुप्रै रेकर्ड बनाएका अनुभवी महिलाहरु सरिक हुनलागेका हुन्।
आरोहणका लागि माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा, शर्मिला स्याङ्तान र पूर्णिमा श्रेष्ठ अन्नपूर्ण बेसक्याम्प पुगिसकेका छन्।
यी सबैले विश्वकै अग्लाे सगरमाथाकाे सफल आराेहण गरिसकेका छन्।
यीमध्ये जसले अन्नपूर्णको शिखरमा पहिलो पाइला राख्छ, उनी नै अन्नपूर्णको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नेछिन्।
उनीहरुले चाहेमा एकसाथ चढ्न पनि सक्नेछन् जसरी पाकिस्तानको केटू हिमालमा यसैवर्ष नेपाली आरोहीले एकैसाथ शिखर चुमेका थिए।