मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको निकै बहुचर्चित र विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको काम हाल धमाधम भईरहेता पनि पुल निर्माणको क्रममा देखिएको वास्तबिक समस्याहरू र प्राबिधिक त्रुटीलाई नजरअन्दाज गर्दा भबिष्यमा कुनै भवितव्य भएमा सो को जिम्मेवारी र जवाफदेहिता कस्ले लिने भन्ने ठुलो प्रश्न खडा भएको छ ।
हाल यो पुलका बिवादित बिषयहरू नेपाल मध्यस्थता परिषद ((NEPCA )मा बिचाराधीन अवस्थामा रहेता पनि बिभागीय मन्त्री, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको दबाबमा काम भईरहेको स्थानीय ले बताएका छन् । नेपालमा धेरै जसो बिकास निर्माणका आयोजनाहरू प्राबिधिक रूपमा कमजोर हुनु, देखासिखी गरिनु नै समस्याको जड भएको निर्माण ब्यवसायीहरुले बताएका छन।
जिल्लामा मात्र नभई देशभर बन्ने हरेक संरचनाहरू प्राबिधिक र गुणस्तरयुक्त हुनु पर्दछ साथै कामको सिलसिलामा देखिने बिवादहरू छलफलबाट समाधान खोजी हल गरिनु पर्दछ। राज्य र निर्माण व्यवसायी कसैको हानी हुनु हुँदैन । ठेक्का लगाऊने निकायहरूले प्राबिधिक कमीकमजोरी बारम्बार दोर्हाउनु हुँदैन साथै निर्माण व्यवसायीहरूले पनि काममा ढिलासुस्ती गर्नु हुँदैन आम चाहना छ |
Seen by Menuka at 3:46 PM
Aa

Share post:

Recent