खाना खाएपछि केहि समय हिँड्नु राम्रो

३ बैशाख,

एजेन्सी । हिँड्ने बानी स्वास्थ्यको लागि राम्रो हुने कुरा चिकित्सकहरुले सुझाव दिने गर्छन् । आफ्नो शरीरको क्षमता अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्न सकिने अनुसन्धानले समेत बताएको छ । खाना खाएपछि हिँड्नुपर्ने केहि कारणहरु निम्न अनुसारका छन् ।

१) खाना खाएपछि हिँड्ने गर्दा पाचन राम्रो हुन्छ । यसका साथै पेप्टिक अल्सर, छाती पोल्ने, पेटमा ऐठन र कोलोरेक्टल क्यान्सरको खतरा पनि कम हुन्छ ।

२) खाना खाएपछि हिँड्दा रगतमा चिनीको मात्रा बढ्ने खतरा कम भई ब्लड सुगरमा पनि कमी आउँछ ।

३) खाना खाएपछि १० मिनेट हिँड्दा मुटु रोगको खतरा घट्ने गरेको अमेरिकाको स्वास्थ्य विभागले जनाएको छ।

४) खाना खाएपछि नियमित हिँड्ने गर्नाले तौल बढ्ने खतरा केही हदसम्म कम हुने बताइन्छ तर धेरै तेल र मसालायुक्त खानेकुरा खानु भने हुदैन ।

५) नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार १० मिनेट हिँड्दा बढेको रक्तचाप नियन्त्रणमा रहन्छ । खाना खाएर हिँड्दा तीब्र गतिमा भने हिँड्न नहुने विज्ञको भनाइ छ ।

Share post:

Recent