आजको सर्वदलीय बैठकमा भएका छलफल

४ बैशाख,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

बैठकमा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार ‘तत्काल लकडाउन गर्न हुँदैन, बरु जसरी पनि खोप ल्याएर सबै नेपालीलाई लगाउने व्यवस्था मिलाउनुपर्छ, नेपालमा रहेका सांस्कृतिक पर्वलाई समेत असर नपर्ने गरी सावधानी अपनाएर मनाउने वातावरण सरकारले बनाउनुपर्छ र गाउँगाउँमा मास्क व्यवस्था गर्नुपर्छ।’

यसै गरी प्रदेश, संघीय संसद् तथा स्थानीय तहमा रिक्त स्थान पूर्तिका लागि संविधानमा व्यवस्था भए बमोजिम निर्वाचन गराउनू भनेर सुझाव दिइएको उनले बताए।

‘सरकारले राखेको एमसीसीको विषय सभामुखले छलफलमै ल्याउन चाहनुभएन,’ ओलीले भने।

कांग्रेस र जसपाका नेताहरूले बैठकमा भने- ‘सरकारले ल्याएको एजेन्डामा छलफल हुनैपर्छ, यसमा कसैले रोक्नु हुँदैन’।

जसपाले संसदमै अड्किएको नागरिकता विधेयकलाई अगाडि बढाउन सुझाव दिएको नेता कर्णले बताए।

महन्थ ठाकुरले भने- ‘नागरिकता विधेयक संविधानअनुसार आएको छ, त्यसमाथि संसदमा छलफल चलाएर पारित गर्नुपर्छ। यसमा प्रधानमन्त्रीसहित सबै लागौं’।

Share post:

Recent