६ बैशाख,
नेपाली कांग्रेस लामो समयको अन्यौलपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयार भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को समर्थन लिएर ओलीविरुद्ध एकदुई दिनभित्रै अविश्वासको प्रस्ताव दर्ता हुनेछ। ती नेताले भने- ‘सुरुमा ओलीले भनेअनुसार नै चुनावमा जाने योजना बनाउनुभएका सभापति देउवाजी अब भने आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अन्तिम कसरतमा हुनुहुन्छ।’