विचित्रको प्रविधि : मास्कबाट बनाइँदैछ एक किलोमिटर सडक !

८ बैशाख,

कोरोना भाइरस महामारीले केवल विश्वमा स्वास्थ्य संकट मात्र ल्याएको छैन, यसले पर्यावरणलाई समेत खतरामा पारेको छ ।वैज्ञानिकहरुले प्रयोग भइसकेका फेस मास्कको उपयोग गरी एक किलोमिटर लामो दुई लेनको सडक तयार पारेका छन् ।

वैज्ञानिकका अनुसार दुई लाखको एक किलोमिटर सडक बनाउनका लागि प्रयोग हुने पुन:चक्रणीय फोहोरमध्ये ३० लाख गोटा मास्क प्रयोग हुन्छन् र यसबाट ९३ टन फोहोरलाई ल्याण्डफिलमा जानबाट रोक्न सकिन्छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित आरएमआइटी विश्वविद्यालयका शोधकर्ताहरुले फेस मास्कको उपयोग गरी नयाँ सडक तयार गर्ने सामाग्री विकास गरेका छन् । यसमा सडक तथा फुटपाथ निर्माणमा प्रयोग गरिने ढुंगामाटोको मिश्रणमा फेस मास्क पनि प्रयोग गर्न सकिन्छ र यसले उक्त मिश्रणलाई मजबुती प्रदान गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अहिले विश्वमा दैनिक रुपमा ६ अर्ब ८० करोड गोटा डिस्पोजेबल मास्कको प्रयोग हुने गरेको छ । वैज्ञानिकहरुले मास्क मात्र नभइ प्रयोग भइसकेका पीपीईलाई समेत इन्जिनियरिङ्ग उपयोगमा ल्याउन सकिने विषयमा शोध गरिरहेका छन् ।

Share post:

Recent