काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा

१३ बैशाख,

काठमाडौं : आज सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

तीन जिल्लाका सिडीओहरूको निर्णय गृहमन्‍त्रालयबाट अनुमोदन भएपछि सार्वजनिक सूचना जारी हुनेछ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौं लगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।

Share post:

Recent