१३ बैशाख,
काठमाडौ । सामाजिक सञ्जाल फेसवुकको प्रयोग गरेर मानव बेचबिखन तथा ओसारपसारमा महिला तथा पुरुषहरु संलग्न भएको प्रमाण फेला परेको छ । फेसवुकमा गाउँका महिलाहरुसंग सम्पर्क गरेर काठमाडौ ल्याई उनीहरुलाई अन्य मुलुकमा पठाउने कार्यमा संलग्न तीन जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२५, ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भनिने विमला विक, चितवन भरतपुर महानगरपालिका-१९ बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लमजुङ दोर्दी गाउँपालिका-१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नवीन भनिने नवराज अधिकारी रहेका छन्।
त्यसपछि नवराजले लिबियामा रहेको क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारेर दुबई हुँदै लिबियामा लगी कोठामा बन्धक बनाएका थिए । त्यस्तै फेसवुकवाट चिनजान गरी अर्की युवतीलाई मकवानपुर वागमती गाउँपालिका-८ भवानचुली बस्ने २४ वर्षीय विजय भनिने आयुष मोक्तानले पनि कम्बोडिया पठाउने भन्दै रकम ठगेकोमा पक्राउ परेका छन् ।
आयुषले काभ्रे पाँचखाल नगरपालिका-८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिएका थिए ।