१५ बैशाख,
प्रविधि क्षेत्रको चर्चित नाम खर्बपति इलोन मस्कले पहिलो मंगल अभियानका क्रममा धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्। आफ्नो कम्पनीले रातो ग्रह मंगलमा मानिसहरु पठाउन थाले सुरुवाती चरणमा धेरै मानिसको मृत्यु हुने उनले बताएका हुन्।
मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्ला साथै अन्तरिक्षयान, भूउपग्रहहरु निर्माण गर्ने संस्था स्पेसएक्सका मालिक हुन्।
हालै एउटा अन्तर्वातामा मस्कले भनेका छन्,‘इमानदारीपूर्वक भन्नुपर्दा सायद सुरुवाती मंगल अभियानका क्रममा धेरै मानिसको मृत्यु हुनेछ।’ ‘यो खतरनाक हुनेछ। यो असहज लामो भ्रमण हुनेछ। त्यहाँबाट बाँचेर फर्किन्छौं या फर्किदैनौं केही थाहा छैन। तर यो एक शानदार साहसिक कार्य र आश्चर्यजनक अनुभव हुनेछ’ उनी भन्छन्,‘तपाइँको नाम इतिहासमा कोरिनेछ तर तपाइँको मृत्यु हुनसक्छ।’
सीएनबीसीसँगको अन्तर्वार्तामा ४९ वर्षका मस्कले गत डिसेम्बरमा सन् २०२६ देखि मंगल ग्रहमा मानिस पुर्याउन सकिने दाबी गरेका थिए। हाल मंगल अभियानकै लागि भनेर स्पेसएक्सले रकेट बनाइरहेको छ। तर रकेट परीक्षण सफल हुन सकेको छैन।