कालोबजारी रोक्न महासंघको माग

१६ बैशाख,

निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै आमसाधारणलाई अतिआवश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सचेतता अपनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन्- ‘निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाई अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि यस महासंघ सरकार समक्ष आग्रह गर्दछ ।’

तीनै तहका सरकारलाई कोभिड १९ का कारण क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकीय औषधीको आपूर्तिका लागि आवश्यक प्रणालीलाई चुस्त बनाउन पनि महासंघले आग्रह गरेको छ ।

अध्यक्ष गुरुङले विज्ञप्तिमा- ‘सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्वास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ’ भनेका छन् ।

महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्ने सहज वातावरण वनाउन पनि माग गरेको छ ।

Share post:

Recent