लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा

१९ बैशाख,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि बहुमत आधारमा सरकार बनाउन भन्दै पोखरेलले राजीनामा दिएका हुन्।

‘मुख्यमन्त्रीले संविधानको १६८ (२) अनुसार गठन भएको यो सरकार अब १६८ (१) अनुसार गठन गर्न राजीनामा दिनुभएको हो,’ पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतबारबिहान भने, ‘अब नयाँ प्रक्रिया अघि बढ्छ।’

मुख्यमन्त्री पोखरेलको पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएकाे थियो।

उनीविरुद्ध दर्ता अविश्वास प्रस्ताव टुंगो लगाउन भन्दै आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजै सुरु गरिँदैथियो।त्यसअघि नै उनले पदबाट राजीनामा दिएका हुन्।

Share post:

Recent