उच्च जोखिमका मुलुकसँग र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस

१९ बैशाख,

‘सीसीएमसीले कोरोना महामारीका कारण उच्च जोखिममा रहेका मुलुकसँग तत्कालका लागि हवाई उडान रोक्न सिफारिस गरेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘त्यसैगरी, आन्तरिक उडान पनि केहि समयका लागि स्थगित गर्न सिफारिस गरिएको छ।’

उपप्रधानमन्त्रीको नेतृत्वमा गठित सीसीएमसीले गरेको सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

‘टिकट आदिको व्यवहारिक पक्षहरुलाई हेरी एक–दुई दिनको समय राखेर कार्यान्वयन गर्ने निर्णय हुन्छ,’ ज्ञवालीले भने। कुन कुन मुलुकहरु उच्च जोखिममा रहेका छन् भन्ने लगायतका पक्षमा स्वास्थ्य मन्त्रालयले तयार पार्ने विस्तृत प्रस्तावका आधारमा निर्णय लिइने मन्त्री ज्ञवालीले बताए।

अक्सिजन उत्पादन, सिलिण्डर खरिद, आयात तथा आपूर्ति लगायतका पक्षलाई थप सहज बनाउने विषयमा पनि सीसीएमसीले निर्णय गरी सरकारलाई सिफारिस गरेको छ।

Share post:

Recent