मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

१९ बैशाख,

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो ।

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम करिक ११ अर्ब १७ करोड नेपाली रुपैयाँ हुन आउँछ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

यो हेलिकप्टरमा दुई वटा क्यामेराबाहेक अन्य उपकरण छैनन् । यो हेलिकप्टरले पृथ्वीबाट कमान्ड दिएपछि मंगल ग्रहमा आफैं उड्ने र अवतरण गर्नेछ । मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्‍ने बताइएको छ ।

Share post:

Recent