१९ बैशाख,
डिजास्टर गर्ल मिम विश्व चर्चित मिम हो। यसलाई विभिन्न प्रसंगमा व्यंग्यात्मक रुपमा प्रस्तुत गरिन्छ। यो मिमको मुख्य तस्बिर यतिबेला ५ लाख अमेरिकी डलर अर्थात् करीव ५ करोड ९५ लाख रुपैयाँ’मा विक्री भएको छ।
उक्त विश्व चर्चित तस्बिरमा एउटी सानी बालिका घरमा आगो लागिरहँदा मुस्कुराएको देखिन्छ। तस्बिरमा देखिएकी बालिका जो रुथ हुन्। हाल २१ वर्षकी उनी सन् २००५ मा आफ्नो परिवारसँग नर्थ क्यारोलिनाको मिबेनमा बस्थिन्। आफ्नो छिमेकीको घरमा आगो लागेपछि जो रुथ पिता डेभसँग त्यहाँ आगलागी नियन्त्रण कसरी भइरहेको छ भनेर हेर्न गएकी थिइन् ।
पिता डेभ फोटोग्राफर थिए। उनले छोरीको फोटो आगजनी भएको अगाडि खिच्न खोजेका थिए। तर जब उनले फोटो खिचे फोटोमा विरोधाभास झल्कियो। अन्ततः सोही विरोधाभास झल्काउने फोटो विश्व चर्चित मिम बन्यो। वास्तवमा आगो लागिरहँदा सानी छोरी भने मुक्सुराएकी थिइन्।
सन् २००८ मा फोटोग्राफीको एउटा पुरस्कार पाएपछि डेभले उक्त फोटो सार्वजनिक गरेका थिए। छोरीको फोटो सार्वजनिक गरेपछि त्यो फोटो विश्वभर चर्चित बन्यो। उनको यस फोटो संसारभर प्रचलिच मिम बन्यो। जसलाई डिजास्टर गर्ल भनेर चिनिन्छ।