काठमाडौं ।
अधिकारकर्मी सृजना वाग्ले र उनका समूहले लक्ष्मी गदाल को कोठामै जबर्जस्ती घुसेर आक्रमण गरेका छन।
लामो समयदेखि चर्चामा रहेकी लक्ष्मी गदाल र अभिनेता किशोर खतिवडा एकपटक पनुः विवादमा आएका छन् । अधिकारकर्मी सिर्जना वाग्लेले गदालको डेरामा पुगेर कालोमोसो लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
केहि समय पहिले लक्ष्मीले अभिनेता खतिवडामाथि गम्भीर आरोप लगाएकी थिइन् । तर पछि उनीहरु आफैं सञ्चारमाध्यमहरुमा आएर त्यो सबै नाटक अरु कसैले गर्न लगाएको भनेका थिए । त्यसमा पहिलो नाम सिर्जना वाग्लेको रहेको थियो ।
लक्ष्मीका अनुसार सिर्जनाले उनलाई प्रयोग गरेर किशोरसँग पैसा असुल्न खोजेकी थिइन् । विवाद बढ्दै गएपछि अहिले किशोरले आफुहरुको विवाह भएको भन्दै हिडेका छन् ।
सिर्जनामाथि लक्ष्मीले १० लाख असुल्नपर्छ भनेर बेहुली बनाउनेदेखि लिएर पेट बनाएकोसम्मको नक्कली आरोप किशोरलाई लगाएको भनेकी छिन् । घरबेटीको अनुमतिमा लक्ष्मीको कोठामा पुगेका सिर्जनासहितको समुहले ठुलो नाटक मञ्चन गरेको आरोप लागेको छ ।
अधिकारकर्मी सृजना वाग्लेकाे समूहले विवादको उग्ररूप लिएपछि उक्त समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ|