राष्ट्रपतिबाट ७ वटा अध्यादेश जारी

२१ बैशाख,

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ७ वटा अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जारी भएका अध्यादेशहरु:
१) यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३) औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

४) संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी

५) सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६) नेपाल प्रहरी र प्रदेश प्रहरी ( कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र,

७) तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८।

Share post:

Recent