२१ बैशाख,
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ’, सभापति शेरबहादुर देउवाले भनेका छन्।
‘आजै राष्ट्रपतिले जारी गरेको अध्यादेश संसद छलेर ल्याइएको निष्कर्ष निकालेर घोर भर्त्सना गरेका छौं,’ आज बसेको पदाधिकारी बैठकपछि सहमहामन्त्री सुनिलबहादुर थापाले भने, ‘ प्रमुख प्रतिपक्षी दल भएकोले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने कुरालाई असफल बनाउने निर्णय भएको छ।’ ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् ।