२१ बैशाख,
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता वर्षमान पुनले बताए। वुधबार औपचारिक पत्र पठाएर समर्थन फिर्ता गरिने कुरा उनले उल्लेख गरे।
माओवादीले अझैपनि वैकल्पिक सरकारको सम्भावना कामयै रहेको निष्कर्ष निकालेको छ।
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक रहेको घोषणा गरेको छ।