डाक्टरको अनुमानलाई माथ खुवाउँदै यी महिलाले जन्माइन् एकैपटक ९ सन्तान

२२ बैशाख,

अफ्रिकी राष्ट्र मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन्।

२५ वर्षकी हालिमा सिसेले डाक्टरको अनुमानभन्दा पनि बढी सन्तान जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अनुसार पाँच छोरी र चार छोरालाई सिसेलले जन्म दिएकी छिन्।

द गार्जियनका अनुसार डाक्टरहरुले सिसेलले ७ वटा बच्चा जन्माउने अल्ट्रासाउन्ड गरेर बताएका थिए। तर अपरेसन गरेर बच्चाहरु आमाको पेटबाट बाहिर निकाल्दा भने त्यहाँ ९ वटा शिशु थिए।

मालीका स्वास्थ्यमन्त्री फान्टा सिबीले एएपफीसँग कुरागर्दै हाल आमा र सन्तानको अवस्था सामान्य भएको बताएका छन्।

Share post:

Recent