दिन प्रतिदिन कोभिड संक्रमितको संख्या बढी रहँदा पनि आम जनमानसमा भने यसको खासै प्रभाब परेको जस्तो देखिदैन । एकातिर के खाने र खाने कुराको जोहो कसरी भन्ने चिन्ता छ भने अर्को कोभिडको । नेपाल सरकारले एकातिर कोभिडलाई कसरी नियन्त्रण भन्ने तिर लागेको देखिन्छ |
कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो ।
अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्याउँदै आए पनि यसरी रोजिरोटी नै गुमेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन । प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि गफमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था