प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ। अपरान्ह २ बजे नयाँ बानेश्वरस्थिति संसद भवनको लोहोत्से हलमा बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने निर्णय गरेसँगै कांग्रेसले छलफल तिब्र पारेको छ।
कांग्रेसले यसअघिनै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।गत मंगलबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र अरू दललाई पनि मत नदिन भन्नेलगायत निर्णय गरेको थियो।
यसअघि शुक्रबा बुढानिलकण्ठ स्थित निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासँग भेटघाट गरेका थिए।
कांग्रेस र नेकपा माओवादी ओलीलाई विश्वासको मत दिने पक्षमा छैनन् बरू देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा छन्।
संसदमा कांग्रेसका ६१ सांसद छन्।