नेपालि गित संगीतको बजारमा निकै नै गित आईरहेका बेला कोरोना तिब्ररुपमा फैलिरहेका बेला लोकप्रिय गायक प्रताप दासको स्वरमा”सधै एक्लै”सार्वजनिक भएको छ । बिगत लामो समय देखि नेपालि गित संगीतको क्षेत्रमा निरन्तर लागेका निर्देशक सृजन बरालको निर्देशन तथा परिकल्पनामा तयार भएको म्युजिक भिडियोमा भने निर्देशक उत्तम श्रेष्ठ शिशिर,रोशनी कार्की र रमेश रम्तेल नेपालि अभिनय रहेको छ ।
म्युजिक भिडियोमा उत्तम श्रेष्ठ र रोश्नी कार्कीको मुख्या भूमिका रहेको छ । गीतमा माया प्रेम पछिको पिडा र तडपाईलाई समेटेका छन् ।
बिशाल निरौलाले एरेन्ज गरेको गितको शब्द मिरा गिरीले सृजना गरेकि हुन् भने ऋषि खड्काले संगीत भरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकक्लिक गर्नुहोला l