२५ बैशाख,
सरकारले वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार त्यस कोभिड अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्नेछ। यस्तै कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उपलब्ध स्रोत अधिकतम प्रयोग गर्ने निर्णय पनि छ।