गायक सत्यराज आचार्यको स्वरमा ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौंं ।

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन । विकाश लामिछाने र समिक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्यम सरोजले संगीत भरेका छन् ।

गीतको म्यूजिक भिडयोको छायांकन बासु बरालले गरेका छन् । कोरियोग्राफी केशव राज भटटको रहेको छ । गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

उक्त गीतको भिडियो प्रमिला बस्नेत युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ |

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला|

Share post:

Recent