विश्वासको मतमा जसपाले ह्वीप नलगाउने, स्वविवेक प्रयोग गर्न सांसद स्वतन्त्र

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा जनता समाजवादी पार्टी (जसपा) आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । यो निर्णयसँग जसपा सांसद तटस्थ बस्न पनि पाउने, ओलीको पक्षमा मतदान गर्न पनि पाउने र विपक्षमा मतदान गर्न पनि स्वतन्त्र भएका छन्।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरे पनि बैठकले ह्वीप नलगाउने र स्वविवेकको आधारमा मत दिन पाउने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए।ओली सरकार इतिहासकै प्रतिगामी भएको भन्दै आफूहरुले भने विपक्षमा मतदान गर्ने उनले बताए। बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गर्न आग्रह गरेको श्रेष्ठले जानकारी दिए।

Share post:

Recent