३० बैशाख, काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहका सांसदहरुले सांसद पदबाट दिने भनिएको राजीनामा टरेको बताएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि उनले सो प्रतिक्रिया दिएका हुन्। ‘राजीनामा दिने कुरा भएन, मिल्ने आधारमा कुरा भएको छ। सबै कुरा सहमतिको आधारमा अघि बढ्छ,’ माधव कुमार नेपालले भने ।बैठक फेरि बस्ने सहमति भएको उनले बताए ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट पुर्नजीवित गर्ने र त्यसपछिका गतिविधिहरु पार्टीभित्रको सहमतिको आधारमा गर्ने सहमति भएको नेता नेपालले बताए। सोहिअनुसार छलफलाई निरन्तरता दिने कुरा भएको उनले जानकारी दिए। ‘कुरा जारी छ, विभिन्न तहमा छलफल गर्ने दिशामा अघि बढेको छ,’ नेता नेपालले बैठकपछि भने।