बहुमतको सरकार बनाउने योजना लगभग टुंगियो,ओली नै फेरि प्रधानमन्त्री नियुक्त हुने

बहुमतको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को योजना लगभग टरेको छ। आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका कांग्रेस र माओवादीले एमालेका माधव नेपाल खेमाका सांसदले राजीनामा नदिएपछि त्यो सम्भावना अब टुङ्गिएको हो।

एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको हो।

प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ बजेसम्मको समय दिएकी छन्।

यो समयभित्र बहुमतको सरकारमा कसैले दाबी गर्न नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को ३ अुनसार संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बनाउने छन्। यो धारा अनुसार प्रधानमन्त्री ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।

Share post:

Recent