नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भए : डा. बाबुराम भट्टराई

३१ बैशाख, काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुनः प्रधानमन्त्री बन्न सफल भएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः आफ्नो चतुरता देखाएको बताएका छन्।

वैकल्पिक सरकार बनाउन विपक्षी दल चुक्नु विडम्बना भएको बताउँदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले ओलीको विकल्प खोज्नैपर्ने जिकिर पनि गरेका छन्।

‘जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन्।’

उनले अगाडि लेखेका छन्, ‘अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं।’

Share post:

Recent