३१ बैशाख, काठमाडौँ। नेकपा एमालेभित्रको विवाद मिलाउनका लागि पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सिंहदरबारमा बैठक गरी वार्ता सुरु गरेका छन्। सो बैठकमा अध्यक्ष ओली र उनी पक्षका ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा र विष्णु रिमाल उपस्थित छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन्।
हिजो बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीलाई सहमतिका आधारमा अघि बढाउने सैद्धान्तिक समझदारी भएपछि त्यसबारे थप छलफल र सहमति गर्न नेताहरु बैठकमा जुटेका हुन्। वार्तामा पार्टीमा रहेका विवाद समाधान र एकताको वातावरण निर्माणमा जोड दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।