कोरोना भाईरस संक्रमण दर बढिरहेको बेला अमेरीका बस्दै आएकी दोलखाली चेली एबम् समाजसेवी पद्ममा प्रधानले दोलखालाई १०१ थान अक्सिजन सिलिण्डर सहयाेग गर्नु हुने भएको छ|
अक्सिजन अभावको कारण कोरोना संक्रमित बिरामीले अकालमै मृत्यु भएको बेला समाजसेवी प्रधानले आफ्नो जन्म भएको जिल्ला दोलखाका लागि १०१ थान अक्सिजन सिलिण्डर सहयाेग गर्ने घोषणा गर्नु भएको छ|
समाजसेवी प्रधानले बुद्ध जयन्तीको दिन् पर्ने आफ्नो जन्म दिन र कान्छो छोरा अनिलकुमार थापाले स्नातक तह उतिर्ण गरेको सुखत अवसर पारेर दोलखालाई १सय१ थान अक्सिजन सिलिण्डर सहयाेग गर्ने घोषणा गरेको कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि अभियान चलाइरहेका युवा अभियन्ता हरूले जानकारि दिएका छन|