तारकेश्वर नगरपालिकामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं तारकेश्वर नगरपालिकामा पछिल्लो चोविस घण्टामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैं कोरोना संक्रमितको संख्या तारकेश्वर नगरपालिकामा ३ हजार १६४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिका स्वास्थ्य विभागका अनुसार कोरोनाको द्रोश्रो लहरसगैं कोरोना संक्रमित हुनेको संख्या केही बढेको छ । यस्तै नगरपालिकामा ३२० जना महिला र ४३७ पुरुष गरि जम्मा ७५७ जना संक्रिय संक्रमित रहेका छन । कोरोनाको दोश्रो चरणमा निको हुनेको संख्या ३६ जना पुगेको छ ।

आज तारकेश्वरको वडा नं. ८ र ९ मा १३-१३ जना, ५ नं. वडामा ९ जना, वडा नं. ११ मा ८ जना, वडा नं. ४, ६ र ७ मा ७ जना, २ नं. वडामा ६ जना, १० नं. वडामा ४ जना र १ नं. वडामा १ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ३ मा भने कोरोना संक्रमण आज देखिएको छैन ।

कोरोनाका कारण आज तारकेश्वर नगरपालिका वडा नं. ७ मा १ जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । योसगैं कोरोनाबाट मृत्यु हुनेको संख्या नगरपालिकामा १४ पुगेको छ ।

तारकेश्वर नगरपालिकामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टी

Share post:

Recent