तारकेश्वर नगरपालिकामा थप ८६ जनाका कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं तारकेश्वर नगरपालिकामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं तारकेश्वरमा कोरोना संक्रमितको संख्या तीन हजार २५० जना पुगेको छ ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार आज थप ३९ जना महिला र ४७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबिस घण्टामा तारकेश्वरमा ४ जनाको मृत्यु भएको छ । योसगैं मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबिस घण्टामा १५ जना कोरोना निको भएका छन । योसगैं कोरोनाको दोश्रो चरणमा कोरोना जित्नेको संख्या ५१ जना पुगेको छ ।

तारकेश्वर नगरपालिकामा थप ८६ जनाका कोरोना पुष्टि, ४ जनाको मृत्यु

Share post:

Recent