४ जेठ । क्रोएसियाका ५६ वर्षका बुडिमिर सोबातले पानी मुनि झन्डै २५ मिनेट सास रोकेर गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। उनले पानी मुनि २४ मिनेट ३६ दशमलब ३६ सेकेन्ड सास रोक्न सफल भएका हुन्। उनले यसअघिको यही रेकर्डलाई ३४ सेकेन्डले जितेका हुन्।
सामान्यतया मानिसले एकदेखि दुई मिनेटसम्म सास रोक्न सक्छन्। तर पुरा २५ मिनेटसम्म सास रोक्नु अद्भूत क्षमता हो। यो रेकर्डसँगै आफूले यही रेकर्ड फेरि आफैंले तोड्ने पनि बताएका छन्। त्यसका लागि उनले विशेष प्रशिक्षण लिइरहेको जानकारी दिएका छन्।