पाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ ।हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो ।
सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्दै हुनुहुन्छ ।देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु पनि भेटवार्तामा सरिक हुनुहुनेछ ।कांग्रेसले कोभिडको बढ्दो संकटबारे सरकारसँग छलफल गर्न चाहेको हो ।