राष्ट्रपति भण्डारीद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी गरेको उनको कार्यालयले जनाएको छ।

वैशाख ३१ गते उनले प्रधानमन्त्री केपी ओलीलाई संविधानको धारा ७६को उपधारा ३ अनुसार नियुक्त गरेपछि गराएको शपथ विवादित बनेको थियो।एक त ओलीले शपथमा रहेको प्रतिज्ञा गर्छु र ईश्वर भन्ने शव्द उच्चारण गर्न अस्वीकार गरेका थिए। अर्को उनले गराएको शपथको व्यहोरा कुनैपनि प्रचलित कानुनमा नरहेको भन्दै विवाद भएको थियो।

कानुनमै नभएको व्यहोरा वाचेर प्रधानमन्त्रीले शपथ लिएकाले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेका थिए।सर्वोच्च अदालतले ती रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि राष्ट्रपतिले शपथलाई कानुनी बनाउन अध्यादेश जारी गरेकी छन्।प्रधानमन्त्री वा संवैधानिक अंगका पदाधिकारीले राष्ट्रपतिबाट शपथ लिनुपर्ने संवैधानिक प्रावधान छ।

संविधानको धारा ८०मा  शपथ सम्बन्धी प्रावधान छ। ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ उक्त धारामा भनिएको छ। तर उक्त धारा अनुसार सपथ सम्बन्धी संघीय कानुन भने बनेको थिएन।

राष्ट्रपति भण्डारीद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

Share post:

Recent