ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : गगन थापा

७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घन्टाको समय दिएर बिहीबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता थापाले ओली र भण्डारी दुबैलाई पदमुक्त गर्नुपर्ने बताएका हुन्।

नेता थापाले राष्ट्रपति भण्डारीले दिएको समय अगावै नयाँ सरकार बनाउनु पर्नेमा समेत जोड दिएका छन्।

‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

Share post:

Recent