अबेर राति जसपाका ठाकुर र महतोसहित प्रधानमन्त्री ओली पुगे राष्ट्रपति निवास

७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित बिहीबार अबेर राति राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेको केहि घण्टाभित्रै ओली जसपाका दुई नेतासहित राष्ट्रपति निवास पुगेका हुन्। स्रोतका अनुसार तीन नेता करिब ११ः१५ मा शीतलनिवास पुगेका थिए।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ एक विज्ञप्ति प्रकाशित गरी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको नेतृत्वका लागि दाबी गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी छन्।

Share post:

Recent