पाँच दलीय गठबन्धनद्वारा प्रतिनिधिसभा विघटन अस्वीकार,

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई ५ दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठक सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष समेत गरेको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दैबैठकले आपत्ति समेत जनाएको छ ।
पाँच दलीय गठबन्धनद्वारा प्रतिनिधिसभा विघटन अस्वीकार,

Share post:

Recent